
काठमाडौँ– विश्व निकेतन माविको बेसमेन्ट पार्किङ सहितको चारतले पक्की प्रशासनिक भवनको आज उद्घाटनको भएको छ ।
काठमाडौ महानगरपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त भवन निर्माण गरिएको छ । वडा नं ११का वडाअध्यक्ष हिरालाल तन्डुकारले भवनको उद्घाटन गर्दै साँचो विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
उक्त भवनको शिलान्यास काठमाडौ महानगरपालिकाका निवर्तमान मेयर विद्या सुन्दर शाक्यज्युले २०७८ साल कात्तिक १६ गते गरेका थिए । शाक्य उक्त विद्यालयमा भूतपूर्व विद्यार्थी पनि हुन् ।