
काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसले ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेश गरेको हो ।
यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छ । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताए ।
बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको ती नेताको भनाइ छ ।