जोडिनुहोस
  • होमपेज
  • घट्यो सुन र चाँदीको मूल्य, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन र चाँदीको मूल्य, प्रति तोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन रु एक लाख सात हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances