जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु
धनगढी- बझाङमा भिरबाट लडेर गम्भिर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

गत सोमवार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका वडा नम्बर १ कोटदेवलकी४३ वर्षीया खिनुदेवि खड्काको उपचारको क्रममा मृत्यु भएको हो। उनको बिहीवार कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको परिवार स्रोतले बताएको छ।

घर नजिकैको सकुन्ड्यारी भिरबाट लडेर उनको पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेको थियो। उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?