जोडिनुहोस
  • होमपेज
  • मकवानपुरमा ५११ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुरमा ५११ किलो गाँजासहित दुईजना पक्राउ

हेटौँडा । मकवानपुरमा ठूलो परिणामको लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका हुन ।

प्रहरीले ५ सय ११ केजी गाँजा सहित आज बिहान उनीहरूलाई पक्राउ गरेको हो । कटुन्जेका ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा २६ जनाको प्रहरी टोली खटी गई खानतलासी गर्दा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options