गुवाहाटी–भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत दोस्रो रोजगार कार्य समूह बैठक आजबाट असमको राजधानी गुवाहाटीमा सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने यस बैठकमा जी–२० का सदस्य राष्ट्रहरु , ७ अतिथि देश र ५ अन्तर्राष्ट्रिय संगठनहरूका ७२ भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने छ।
बैठकमा श्रम, रोजगारी र सामाजिक मुद्दाहरूको दिगो, सन्तुलित, र रोजगारी–समृद्ध वृद्धिको विषयमा छलफल हुनेछ ।
तीन–दिने बैठकमा असमको सांस्कृतिक सम्पदा देखाउने कार्यक्रमहरू पनि रहेको छ ।