
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ परेका छन् । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
बुधवार राति प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरेको हो । टोखा नगरपालिका स्थित वडा नम्बर–२६ र वडा नम्बर–९ मा सञ्चालित गेस्ट हाउस, दोहोरी, डान्सबार तथा रात्रि क्लबमा आबद्ध रहेकाहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष छन् । पक्राउ पर्नेहरुको अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।