जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन 

कर्णालीमा पनि सुपथ मुल्य पसल चलाउन संसदीय समितिको निर्देशन 

संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मुल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । चाडपर्वको समयमा अत्यावश्यक पर्ने जिरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायतका मसलाजन्य वस्तु र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि हुन सक्नेतर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरु सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

समिति सभापति अब्दुल खानले चाडपर्व लक्षित सुपथ मूल्यका पसलहरु देशका दुर्गम र हिमाली जिल्लाहरुमा समेत सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए । समितिको निर्णयमा भनिएको छ, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा नुन, चीनी, चामल, दाल लगयातका अत्यावश्यक बस्तुहरुको पर्याप्त व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options