जोडिनुहोस
  • होमपेज
  • वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन माधव नेपाल

वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन  माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा केही कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे ।

देशमा एक परिवारको शासन र वर्चस्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उनले आफूहरू देशमा भएको परिवर्तनको रक्षाका लागि सँधै तत्पर रहने धारणा राखे । उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्दि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances