जोडिनुहोस
  • होमपेज
  • ओमानसँगको खेलमा टिकट बिक्री बापतको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

ओमानसँगको खेलमा टिकट बिक्री बापतको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ क्यानले भोलि नेपाल र ओमानबीच हुने क्रिकेट प्रतियोगितामा टिकट बापत उठेको रकमको आधा रकम भूकम्प प्रभावितलाई दिने जनाएको छ ।

क्यानले आज विज्ञप्ति निकालेर भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, विश्वकप छनोटको फाइनलमा भोलि ओमानसँग हुने खेलको टिकट बिक्री बापत हुने रकमको ५० प्रतिशत पीडितलाई सहयोग गर्ने घोषणा गरेको हो । भोलि हुने खेलको लागि टिकटको मूल्य साधारणतर्फ ३ सय ५० रुपैयाँ र भीभीआईपीतर्फ १० हजार रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?