काठमाडौं । चौध वर्षीया नाबालिग बालिकालाई बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय हुने भएको छ । क्षेतीपूर्तिमा पिडितले ८ लाख पाउने भएकी छिन् ।
व्यापारी शुसिलमाथि बारम्बार बालिका बलात्कारको आरोप लागेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले चौटतलाई चैत १५ गते बलात्कार मुद्दा दोषी ठहर गरेपछि आज १८ वर्ष एक महिनाको कैद सजाय तोकिएको हो ।