
काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् ।
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी छ । यही बेला सत्तारुढ दल कांग्रेसकी सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी हुन् ।
विश्व स्वाथ्य संगठनले पनि बारम्बार नेपाललाई सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन आग्रह गर्दै आएको तर, नेपालले त्यसलाई कम हत्व दिएको उनको भनाइ छ ।
सांसद यादवका अनुसार नेपालले हाल सुर्तिजन्य पदार्थमा ४१ प्रतिशत कर लिने गरेको छ ।