
काठमाडौं । भारतको हिरो इन्डियन वुमन्स लिग खेल्न राष्ट्रिय महिला फुटबल टिमका ४ खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर एन्जिला सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटी बिहीबार भारत प्रस्थान गरेका छन् ।
कप्तान एन्जिलाले सेथु एफसीबाट खेल्ने छिन् । एन्जिलाले पहिलो पटक भारतीय लिग खेल्न लागेकी हुन् ।
फरवार्ड सावित्राले गोकुलम केरलाबाट खेल्ने छिन् । यस अघि उनले सेथु र गोलकुलमबाट खेलिसकेकी छिन् ।
त्यस्तै सरु र रेनुकाले किकस्टार एफसीबाट लिग खेल्ने छन् । दुबै जनाले पहिलो पटक भारतीय लिग खेल्न लागेका हुन्।