
काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौंथो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।
थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे ।
जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।