
काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ ।
यस्तै यूरो एकको खरिद दर १४४ रुपैयाँ शून्य पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४४ पैसा र बिक्री दर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।