
काठमाडौं : सभामुख देवराज घिमिरेको आहवानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो । सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।
सभामुख घिमिरेले ०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए।