देश
समतामूलक नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् : देउवा
0 टिप्पणी

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले सो कुरा बताएका हुन् ।