जोडिनुहोस
  • होमपेज
  • नयाँ वर्षको पहिलो दिन देशभर १३६ जना कोभिड १९ का संक्रमित भेटिय

नयाँ वर्षको पहिलो दिन देशभर १३६ जना कोभिड १९ का संक्रमित भेटिय

काठमाडौं : नयाँ वर्षको पहिलो दिन देशभर १३६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १४२४ वटा नमुनाको परीक्षण गर्दा १३६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

यस्तै, आज ६८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमित बढ्दै जाँदा नेपालमा कोभिडको सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ। हाल देशभर ४०१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

यस्तै, हाल काठमाडौं उपत्यकामा ३२ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै,  ११  जना आइसियुमा रहेका छन् भने ३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका