
काठमाडौं – व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन रहेको छ। देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो।
शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ। १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।