
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । एन्टोनी ग्रीजम्यानले दुई गोल गरेपछि एट्लेटिकोले अल्मेरियालाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३७ औं मिनेटमा लियो बाप्तिस्टाओले गोल गर्दै अल्मेरियालाई १-१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ४३ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
जितसँगै एट्लेटिकोले २९ खेलमा ६० अंक जोडेको छ । एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
अल्मेरिया ३० अंक जोडेर १७ औं स्थानमा रहेको छ ।