
काठमाडौं । इटाली तथा लाजियोका स्ट्राइकर सिरो इमोबाइल कार दुर्घटनामा घाइते भएका छन् ।
रोममा कार दुर्घटनामा परेका इमोबाइलको अस्पतालमा उपचार भईरहेको छ ।
इमोबाइलको कार ट्रामसँग ठोक्किएर दुर्घटनामा परेको थियो । उनको ढाड र करङमा चोट लागेको बताईएको ।
सिरी ए क्लब लाजियोले उनको अवस्था राम्रो रहेको जनाएको छ ।
३३ वर्षीय इमोबाइलले शुक्रबार स्पेजियाविरुद्ध गोल गरेका थिए ।