जोडिनुहोस
  • होमपेज
  • चालू आर्थिक वर्षको १० महिना नबित्दै रसुवाका २२ ओटा वनमा आगलागी

चालू आर्थिक वर्षको १० महिना नबित्दै रसुवाका २२ ओटा वनमा आगलागी

जनचेतनाको अभाव र स्थानीयको हेलचेक्र्याइँका कारण रसुवामा वर्षेनि वनजंगलमा हुने आगलागीका घटनामा वृद्धि हुँदै गएको छ ।

गतआर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिना नबित्दै रसुवाका २२ ओटा वनमा आगलागी भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा १०, आमाछ्योडीङमो गाउँपालिकामा ८, कालिका गाउँपालिकामा ३ र उत्तरगया गाउँपालिकामा १ वनमा आगलागी भएको छ ।

वनजंगलमा हुने आगलागीले वन पैदावरमा क्षतिपुग्नुका साथै लोपोन्मुख वन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थान विनास हुने गरेको छ । यस्तै, बहुमूल्य बोटबिरुवा सल्ला, लालीगुराँस र विभिन्न जडिबुटी लगायतका वनस्पतिसमेत नष्टहुने गरेको जिल्ला वन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेल बताउँछन् ।

लामो समय पानी नपर्नु, खडेरी जस्ताकारणले केही आगलागीका घटनाहुने गरे पनि स्थानीयले जानाजान क्षणिक फाइदाका लागि वनजंगल र भीरपाखामा डढेलो लगाउने गरेकाले यस्ता घटनामा वृद्धि भएको सहायक प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

डढेलोबाट चरन क्षेत्रमा घाँस पलाउने, अन्नबाली उब्जाउनका लागि मल लाग्ने भएकाले पनि भीरपाखामा आगो लगाउँदा आगलागीका घटना बढेको स्थानीय बताउँछन् । आगलागीका कारण भुक्षय, सुख्खापहिरो, र वर्षायाममा ज्यानको जोखिम समेत बढ्दै गएको छ । आगो लगाउनेको पहिचान गरी कारवाही गर्नुपर्ने स्थानीयको माग छ । वनजंगलमा हुने आगलागीले नजिकका घर, बस्तीसमेत जोखिममा छ । तर जिम्मेवार निकायहरु मौन रहेको स्थानीयको गुनासो छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका