
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । आईपीएलमा मंगलबार मुम्बई ईन्डियन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।
हैदराबाद र मुम्बईले समान ४/४ खेल खेलेका छन् । दुवै टोली आजको खेल जितेर तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
मुम्बई ४ अंकका साथ आठौं स्थानमा रहँदा हैदराबाद समान अंकका साथ नवौं स्थानमा रहेको छ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । मुम्बईले ३ जित निकाल्दा हैदराबादले २ जित निकालेको छ ।
यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।