
काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको हो ।
साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमूना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।