काठमाडौं– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २–० गोल अन्तरले हराएर रियल समग्रमा ४–० को जितसहित अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा समेत रियलले चेल्सीलाई २–० ले नै हराएको थियो ।
चेल्सीको मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन रोड्रिगोले दुबै गोल गरे ।
खेलको ५८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २(० को जित दिलाए ।
रियल ११ औं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।