
काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतले ३ सय ७२ रनको लक्ष्य पछ्याएको छ । टियु मैदानमा जारी खेलमा रोहन मुस्ताफा र वृत्य अरबिन्दको शतकमा कुवेतले ३ सय ७२ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।
युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले । अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए ।
मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाए । चार दशमलब चार ओभरमा २४ रन बनाएर तीन विकेट गुमाएरको स्थितीमा पुगेको युएईका लागि मुस्ताफा र अरबिन्दले शतकीय साझेदारी गरेर टोलीलाई बलियो योगफलसम्म पुर्याएका थिए ।
मुस्ताफा र अरबिन्दबीच चौथो विकेटका लागि २ सय ७५ रनको विशाल साझेदारी भएको थियो । दुईबीचको साझेदारी कुवेतका सयद मनिबले तोडेका थिए ।
आसिफ खानले ८ बलमा ३० रन बनाए । कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २/२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए।