
दोहा – यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् ।
यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो।
अघिल्लो आर्थिक वर्ष २०७८-८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो ।