
ल्पा : बसले स्कुटरलाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्कुटरमा सवार बगनासकाली गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३ फूलगैरामा दिउँसो साढे एक बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई उछिन्ने क्रममा बसले ठक्कर दिएको थियो।
बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।