जोडिनुहोस
  • होमपेज
  • भिक्टोरिया क्रस विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन

भिक्टोरिया क्रस विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन

पाटन – ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए । 

लिम्बू छ महिनादेखि बिरामी भएका थिए। झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।  

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उहाँका छोरा मोहनले जानकारी दिए। दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका