
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केही मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
आइतबार बारामा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरूले बुथ कब्जा गरेको आरोप लगाएका हुन् । उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कब्जा भएको बताए । प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ ।
उनले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।