
चितवन– चितवन क्षेत्र नं. २को कृष्णपुर माविमा रोकिएको मतदान सुरू भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।
रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ मतदान रोकिएको थियो ।
अवस्था सामान्य भएपछि मतदान पुनः सुरु भएको हो । यस क्षेत्रमा बिहान ७ वजे देखि ४३ स्थलका १३८ केन्द्रमा मतदान जारी छ । मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।
यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् ।