
काठमाडौं : पहाडी भूभागका केही स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसोदेशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमवार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना छ। महाशाखाले चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।