
काठमाडाैँ— तनहुँ—१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता बढ्दै गएको छ ।
पछिल्लो मतपरिणामअनुसार उहाँले ९ हजार १९८ मत ल्याउनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ र एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भैरहेको छ ।
हिजो भएको उपचुनावमा यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।