
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबारबाट १२ औं चरणका खेलहरु सुरु हुँदैछ। लिगको १२ औं चरण अन्तर्गत सोमबार एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्र खेलमा एपीएफ क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र खुमलटारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
विभागीय टोली एपीएफ क्लब आज पाँचौं जितको योजनामा हुनेछ । एपीएफ ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफले जारी लिगको ११ औं चरणसम्म ४ जित, २ बराबरी र ५ हार व्यहोरेको छ ।
नवप्रवेशी खुमलटार पनि आज पाँचौं जितको योजनामा हुनेछ । खुमलटार ११ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
खुमलटारले जारी लिगको ११ खेल सकिदा ४ जित, १ बराबरी र ६ हार व्यहोरेको छ ।