
काठमाडौं । सरकारको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ ।
नेताहरुका अनुसार मुलुकको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ ।