
काठमाडौँ – नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारी वर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसके पछि साउदी अरबसँग अंक बाँडेर नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
भारी वर्षासँगै बिहान ८:३० मा हुनुपर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्द गरेर नेपाल र साउदीले अंक बाँडेका हुन् ।
आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।