
काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ मा झण्डै आधा मत गनिएको छ।
६३ हजार ७ सय ५७ मत खसेकोमा हालसम्म २९ हजार ८ सय ८ मत गनिसकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाउँदै लगेको छन् ।
ताजा परिणाम अनुसार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोबिन्द भट्टराईले ८ हजार ७ सय ३१ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन्।
वाग्लेले मतगणना सुरु भएदेखि नै लगातार अग्रता बढाउँदै लगेका छन्।