
काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतविरुद्धको सिंगापुर १ सय १३ रनमा अलआउट भएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा समूह ‘बी’ का कुवेत र सिंगापुरबीच खेल भईरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो ।
सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए । थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।
सेमिफाइनलको झिनो सम्भावना कायम राख्न कुवेतलाई जित आवश्यक रहेको छ । यस समुहबाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ।