जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : रवि लामिछाने

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उहाँले बताए । उहाँले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए।

उनले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।” अर्को प्रसङ्गमा उहाँले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए। यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । लामिछानेले भने, “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने÷नदिने बारेमा निर्णय गर्छौं”, उनले भने, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका