जोडिनुहोस
  • होमपेज
  • सभापोखरीका वडा अध्यक्ष राई स्थानीयबासीसँगै श्रमदानमा बेस्त

सभापोखरीका वडा अध्यक्ष राई स्थानीयबासीसँगै श्रमदानमा बेस्त

सभापोखरी– संखुवासभाको सभापोखरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार राई स्थानीयबासीसँगै श्रमदानमा जुटेका छन् ।

गाउँपालिकाको माथिल्लो धुपु सुङ्निमा टोल विकास संस्थाका टोलबासीसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले बताए ।

माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उनको भनाइ छ । टोलका सबै स्थानीयबासीहरु मिलेर सडकमा श्रमदान गरेका हुन् ।

उनका अनुसार अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पूरा गर्दै वडाबासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका