जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । यस आईपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

यो आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका