
भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मंगलबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा संक्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्। मंगलबार छ हजार नौ सय ३४ जना संक्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।
हाल भारतमा ६१ हजार १३ जना सक्रिय संक्रमित छन्भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।