
काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध नेपाल १ सय ५७ रनमा अलआउट भयो ।
टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो ।
नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए ।
कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।
कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।