स्वास्थ्य/जीवनशैली
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि मन्त्रालयको अनुरोध
0 टिप्पणी

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ मन्त्रालयले भनेको छ ।
गत वर्षको डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।