स्वास्थ्य/जीवनशैली
विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई महानगरको पत्राचार
0 टिप्पणी

काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई टाई अनिवार्य नगर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको छ ।
बिहीबार काठमाडौं महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई महानगरले पठाएको पत्रमा लेखिएको छ, ‘महानगरपालिका शिक्षा समितिको मिति २०७९-१२-२८ गतेको निर्णयानुसार काठमाडौं महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनैपनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएकाले निर्णयानुसार कार्यान्वयन गर्न सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि अनुरोध छ ।