
काठमाडौँ – एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुवेतबिचको जारी खेल अवरुद्ध हुन पुगेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो । सुरुवातीमा विस्फोटक ब्याटिङ गरे पनि लगभग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो ।
खेल पुनः सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।