
काठमाडौं । काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा एक नर्स मृत अवस्थामा भेटिएकी छन् । वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी हुन् ।
घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ ।
डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय लेखेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केटा पक्षले अहिले विवाह गर्न नमान्दा सुसाइड नोट छाडेर श्रेष्ठले आत्महत्या गरेको बताइएको छ ।