
काठमाडौँ– वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा खसेको इँटाले लागेर तीनजना घाइते भएका छन्।
दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् ।
माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वसाधारणमाथि खसेको थियो। ती इँटाले लागेर तीनजना घाइते भएका हुन्।
उनीहरूलाई उद्धार गरेर उपचारका लागि भर्ना गरिएको छ।