जोडिनुहोस
  • होमपेज
  • यू-२० महिला फुटबल टोलीको बिदाइ

यू-२० महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरे ।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन्।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।

‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली –

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics