
काठमाडौं : नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो २ लाख रुपैयाँ दिनुपर्ने बताउनुभएको छ ।
उनले सो निर्णय यसअघिकै सरकारहरूले गरेको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताए। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अयोग्य लडाकुहरूलाई २ लाख रूपैयाँको दरले दिँदा करिब एक अर्ब रूपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताए।
उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए। सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरूलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुने तर्क गरे।
सचिव पौडेलले अनावश्यक कुराहरू गरेर लडाकुलाई पैसा दिनेकुरा कसैले पनि अल्झाउनु नहुने बताए।